प्रधानमन्त्री ओलीलाइ हात नमिलाउन सुझाब
हातबाट चाडै संक्रमण फैलन सक्ने भएकाले चिकित्सकहरुले प्रधानमन्त्रीलाई हात नमिलाउन सुझाएका छन् ।
२०६४ साल असारमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाइ रोग संग सम्बन्धीत संक्रमणको उच्च जोखिम छ ।अंग प्रत्यारोपण गरेको ब्यक्तिमा प्रतिरोधात्मक क्षमता कम हुन्छ त्यसकारण जोखिम उच्च रहेको हो ।
गुम्म भएको कोठा,भिडभाड, एसी प्रयोग गरेर लामो समय बसेको खण्डमा प्रधानमन्त्री ओलीलाइ संक्रमण हुन् सक्छ । भेटघाट बढी हुदा धेरै जना व्यक्ति भेट्न आउँदा कुनै एक व्यक्तिमा रुघा खोकी भएको अवस्थामा पनि मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा सहजै सर्न सक्ने चिकित्सकको भनाइ छ । ओलीलाइ दैनिक ८ घण्टा अनिबार्य सुत्न चिकित्सकले सुझाब दिए पनि उनि ५ घण्टा मात्र सुत्ने गरेका छन् ।