काठमाडौंलाई विश्वकै नमूना शहर बनाउँछौँ: केपी ओली - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

काठमाडौंलाई विश्वकै नमूना शहर बनाउँछौँ: केपी ओली



काठमाडौं । काठमाडौं शहरलाई विश्वको नमूना शहर बनाउन आफूहरू लागिपरेको नेकपा एमाले अध्यक्ष केपी ओलीले बताएका छन्।

जिफन्टले आज काठमाडौंमा गरेको श्रमिक दिवस कार्यक्रममा अध्यक्ष ओलीले आधुनिक काठमाडौं बनाउन र केशव स्थापितलाई भोट मागे। उनले स्थापितलाई जोश जाँगर अनुभवी भएको भन्दै यतिबेला काठमाडौंका समस्या समाधान गर्न स्थापित नै उपयुक्त भएका बताए।

काठमाडौंका विभिन्न क्षेत्रमा विकास गर्न एमालेले शुरुआत गरेको ओलीको भनाइ थियो। बागमती सफाइ अभियान आफू २०५१ सालमा गृहमन्त्री भएकै बेला शुरु गरिएको उनले दाबी गरे।

उनले भने, “हामी यस देशलाई समृद्ध बनाउने र सुखी बनाउने अभियानमा लागेका छौं, सम्पूर्ण मजदुरको महिला युवाहरूको र सम्पूर्ण काठमाडौंसीको सहयोग हुनेछ भन्ने विश्वास लिएको छु। हाम्रो पुरातात्विक महत्वको काठमाडौं शहरलाई विश्वको नमूना शहर बनाउने अभियानमा छौं,” उनले भने।