प्रधानमन्‍त्रीको जहाज रोकियो - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

प्रधानमन्‍त्रीको जहाज रोकियो



काठमाडौं – हेलिकोप्टरबाट नेपालगञ्ज पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको हावाहुरीका कारण काठमाडौं आउने कार्यक्रम स्थगित गरिएको छ। हावाहुरीका कारण कुनै पनि उडान हुन नसक्ने भएपछि प्रधानमन्त्री नेपालगञ्जमै रोकिएका हुन्।

भेरीबबईको ब्रेकथ्रु गरेर नेपालगञ्जस्थित होटेल सोल्टीको उद्घाटन गर्नपुगेका प्रधानमन्त्री ओली नियमित उडानमा काठमाडौं फर्किने तयारीमा थिए। तर, बुद्ध एयरलाइन्स, यति एयरलाइन्स लगायतका कुनै पनि उडान हुन नसकेपछि उनी नेपालगञ्जमै रोकिन पुगेका हुन्। प्रधानमन्त्री ओली उडान स्थगित भएपछि आजै उद्घाटन गरिएको होटेल सोल्टीमा रहेका छन्। उक्त होटेलमा पूर्वराजा ज्ञानेन्द्र शाहकोसमेत लगानी रहेको छ।

नेपालगञ्जबाट मंगलबार अपरान्ह हुने सबै उडान र अवतरणहरु स्थगित गरिएका छन्।

काठमाडौंबाट नेपालगञ्जका लागि उडेका बुद्ध एयरलाइन्स र यति एयरलाइन्सका बिमानहरु पनि चितवनबाट डाइभर्ट गरिएका छन्। बाँके जिल्ला प्रहरी कार्यालयका प्रमुख अरुण पौडेलले खराव मौसमका कारण प्रधानमन्त्री काठमाडौैं फर्किने कार्यक्रम स्थगित भएको जानकारी दिए।

नेपालगंजबाट काठमाडौं आउने भैरहवादेखि चितवनसम्मको मार्गमा हावाहुरीसहित मौसम अत्यन्त खराब भएकोले उडानहरु स्थगित गरिएको हो।