ओलीलाई एकातिर २०५ किलोको माला, अर्कातिर कालो झण्डा - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

ओलीलाई एकातिर २०५ किलोको माला, अर्कातिर कालो झण्डा



काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा २०५ किलोको माला लगाइएको छ। भने अर्कातिर कालो झण्डा देखाएको आरोपमा ११ जना पक्राउ परे ।

जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन सोमबार जनकपुर पुगेका अध्यक्ष ओलीलाई एमालेको नगर कमिटीले माला लगाएको हो। अध्यक्ष ओलीको स्वागतमा २०५ किलोको माला लगाइएको एमाले नगर कमिटीले जनाएको छ।

यससँगै अध्यक्ष ओलीलाई मिथिला चित्रकला पनि उपहार प्रदान गरिएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका धनुषा सभापतिमा पराजित संतोष यादव, प्रतिनिधि सभा सदसस्य रुही नाज, प्रदेश सभा सदस्य अन्जु यादव लगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। उनीहरूलाई अध्यक्ष ओलीले अबिर लगाएर एमालेमा प्रवेश गराएका छन्।

यसैबीच ओलीलाई जनकपुरधाममा कालो झण्डा देखाउन खोज्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। नागरिकता विधेयकमा ओलीले असन्तुष्टि जनाएको भन्दै कालो झण्डा देखाउने तयारीमा रहेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।