प्रधानमन्त्री ओलीलाई बुटवलमा कालोझण्डा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा एक व्यक्तिले कालोझण्डा देखाएका छन् ।
जीतगढी विजय महोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा रुद्रप्रसाद घिमिरेले कालोझण्डा देखाएका हुन् । उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ ।

