प्रम ओलीले ऊ कालो झण्डा देखाइरहेका छन्, तपाइँहरुले के हेरिरहनुभएको छ ? भनेपछि... - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रम ओलीले ऊ कालो झण्डा देखाइरहेका छन्, तपाइँहरुले के हेरिरहनुभएको छ ? भनेपछि…



बुटवल : जितगढी विजय उत्सव दिवसमा सहभागी हुन आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ।

बुटवलमा अंग्रेज सेनालाई पराजित गरिएको गढीका रूपमा रहेको जितगढी किल्लामा आयोजित विजय उत्सव दिवसमा प्रमुख अतिथिको रूपमा भाषण गरिहरेका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाइएको हो। मञ्चमा भाषण गर्दै ओलीले जितगढी किल्लाको महत्वको बारेमा बोलीरहेका थिए।

सोही समयमा सुरक्षाकर्मीको घेरा ताड्दै रुद्रप्रसाद घिमिरेले मञ्च अगाडीको खाली ठाउँमा आएर कालोझण्डा देखाए। ‘उजिरसिंह जिन्दाबाद, मेरो देश प्राण भन्दा प्यारो छ’ भन्दै उक्त घिमिरेले कालो झण्डा देखाएका थिए। उनी कुन पार्टी निकट हुन् भन्ने हालसम्म पहिचान भइनसकेको प्रहरीले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीले ‘ऊ कालो झण्डा देखाइरहेका छन्, तपाइँहरुले के हेरिरहनुभएको छ ? भनेपछि मात्रै प्रहरीले नियन्त्रणमा लिएको छ ।कालोझण्डा देखाए लगत्तै प्रधानमन्त्रीले मन्तव्य केहीबेर रोकेका थिए।तस्विर सामाजिक संजाल