ओलीजीले भ्रष्टाचारमा उल्लेख्य प्रगति र विकासको गफ मात्र दिनुभो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

ओलीजीले भ्रष्टाचारमा उल्लेख्य प्रगति र विकासको गफ मात्र दिनुभो



काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले भ्रष्टाचार र विकास एकसाथ हुन नसक्ने बताएका छन् । उनले यो सरकारले भष्ट्राचार बाहेक केहि गर्न नसक्ने पनि जनाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै यादवले महाधिवेशन जतिसक्दो छिटो सम्पन्न गर्नका लागि छलफल भने जारी रहेको जानकारी दिए ।

वैशाखमा नै एकताको महाधिवेशन गर्ने भनेर मिति तय गरेको राजपाले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकेपछि संकटमा परेको छ ।

राजपाले प्रदेश २ को सरकारलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल गर्ने भएको छ । नेता यादवले संघीय समाजवादी फोरमसँगको गठबन्धनलाइ अझै बलियो बनाएर सरकारले गर्ने कामको प्रभावकारिता बढाउने विषयमा पनि छलफल गर्न लागिएको बताएका हुन् ।

वारा र पर्साका हावाहुरी पीडित जनतालाई प्रदेश र संघीय सरकारले उचित न्याय दिनुपर्नेंमा यादवले जोड दिए ।

फरक प्रसंगमा यादवले वालुवाटारको ललिता निवास प्रकरणमा दोषीलाई सरकारले संरक्षण गरेको आरोप लगाए । भ्रष्टाचार र विकास एकसाथ हुन नसक्ने भन्दै यादवले देशबाट पहिलो भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए ।