जब केपी ओलीले टोपबहादुर रायमाझीलाई खोज्ने जिम्मा दिए… - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

जब केपी ओलीले टोपबहादुर रायमाझीलाई खोज्ने जिम्मा दिए…



काठमाडौं– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्धामा संलग्न भएको आरोपमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् ।

तर उनलाई बचाउन निरन्तर लागिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रहरीको फरार सूचीमा रहेका उनै एमाले सचिव रायमाझीलाई खोज्ने जिम्मा पत्रकारहरुलाई दिएका छन्।

रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लगालग भेटिरहेका छन्। आज सिंहदरबारमा पनि ओली–प्रचण्डबीच यसै विषयमा लामो छलफल भएको छ।

बुधबार रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि बिहीबार ओलीले प्रचण्डलाई भेटेका थिए। शनिबार प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारहरुले रायमाझीलाई कहाँ लुकाउनुभयो भनेर ओलीलाई प्रश्न गरे। उल्टै अध्यक्ष ओलीले रायमाझीबारे आफू बेखबर रहेकाले पत्रकारलाई खोजिदिन आग्रह गरे।

पूर्वउपप्रधानमन्त्री भइसकेको उहाँजस्तो मान्छे भाग्ने काम गर्नुहुन्न भन्नुभएको अहिले त भाग्नुभयो नि “उहाँ कहाँ हुनूहुन्छ” भन्दै पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘मलाई थाहा छैन, तपाईंहरू खोज्नुस्।’