प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउंदा १ वर्ष कैद ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउंदा १ वर्ष कैद ?



बुटवल । शनिबार जितगढी विजय उत्सव दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका बुटवलका युवा रुद्रप्रसाद घिमिरेलाई सार्वजनिक मुद्दा लागेको छ ।

प्रहरीले उनीमाथि फौजदारी संहिता अन्तर्गत मुद्दा चलाएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले बताए । घिमिरेलाई अब २५ दिन सम्म प्रहरी हिरासतमा राखिने भन्दै डीएसपी मल्लले कानुन अनुसार एक वर्षसम्म कैद र आर्थिक जरिवाना समेत हुन सक्ने बताए ।

अर्घाखाँची घर भएका घिमिरे हाल बुटवल सुकुम्बासी वस्ती मजुवामा बस्दै आएका छन् । ३० वर्षिय घिमिरे गत संसदीय चुनावमा रुपन्देही २ बाट स्वतन्त्र उम्मेदवार थिए । जुन क्षेत्र नेकपा महासचिव विष्णु पौडेलले जितेको क्षेत्र नेकपा महासचिव पौडेल,रक्षामन्त्री इश्वर पोखरेल,मुखयमन्त्री शंकर पोखरेल लगायत सहभागी थिए ।

प्रधानमन्त्री ओलीले कसैले अह्राएर कालो झण्डा देखाउन आएको होला बिचरा भनी घिमिरेप्रति टिप्पणी गरेका थिए । तर घिमिरेले भने आफ्नै विवेकले कालो झण्डा देखाएको प्रहरीलाई बताएका छन् । घिमिरेलाई सार्वजनिक मुद्दा चलाइएकोप्रति नेपाली कांग्रेसका युवा नेता मुक्तिराज पौडेलले घोर निन्दा गर्दै ओली अब बुटवलमा आउंदा आफूले पनि कालो झण्डा देखाउने घोषणा गरेका छन् ।