जनकपुरमा ओलीलाई कालो झण्डा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

जनकपुरमा ओलीलाई कालो झण्डा



जनकपुरधाम पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार केहीले कालो झन्डा देखाएका छन्। जनकपुरमा जनता समाजवादी पार्टी निकट विद्यार्थीहरूले उनलाई कालो झण्डा देखाएको बुझिएको छ ।

संसदबाट दुई दुईपटक पारित नागिरकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको र त्यसलाई एमालेले समर्थन गरेको भन्दै ओलीलाई उनीहहरूले कालो झन्डा देखाएका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालाई आफ्नो पार्टीमा प्रवेश गराउन ओली जनकपुर आइपुगेका हुन्।

ओली लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालाई एमाले प्रवेश गराउन धनुषा आइपुगेका हुन्।

धनुषाको विदेह नगरपालिकाको तिनकौरिया चोकमा आयोजना हुने कार्यक्रममा ओलीले अरगरियालाई पार्टी प्रवेश गराउने कार्यक्रम छ।