प्रधानमन्त्री ओली झनै आक्रोशित: माधव नेपालमाथि खनिए - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

प्रधानमन्त्री ओली झनै आक्रोशित: माधव नेपालमाथि खनिए



काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का नेता माधवकुमार नेपालप्रति आक्रोश व्यक्त गरेका छन् । केन्द्रीय कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो आक्रोश व्यक्त गरेका हुन् ।

“मैले वार्ताका लागि फोन गर्दा अदालतको फैसलासम्म पर्खिनुस् भन्ने जवाफ आयो,” ओलीको भनाइ थियो, “मेराविरुद्ध पुतला जलाइरहने अनि म चाहिँ वार्ताकै लागि कतिन्जेल पर्खिरहने ?”

यसअघि ओलीले सोमबारसम्म हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने बताएका थिए । त्यस्तै ओलीले पार्टी जेठ २ मा फर्किएपछि पनि किन बैठकमा नआएको भन्दै माधवकुमार नेपाल समूहलाई प्रश्न गरेका छन् ।

“जेठ २ मा गएपछि बैठकमा आउनुपर्दैन ? खोइ कहिले आउने हो ? अझै १० वर्ष पर्खिनुपर्ने हो ?,” ओलीको भनाइ थियो ।

बैठकमा ओलीले सर्वोच्च अदालतको फैसला आउँदासम्म हस्ताक्षर कायमै रहे ती एमाले नेता नरहने बताएका छन् ।
उनले माधवकुमार नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन दवाव दिँदै यस्तो बताएका थिए ।

“अदालतको फैसला आउँदासम्म हस्ताक्षर कायमै रहे ती एमाले रहँदैनन्,” उनको भनाइ थियो ।