५ हजार जनालाई पार्टी प्रवेश गराउन केपी ओली जनकपुर जाँदै Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

५ हजार जनालाई पार्टी प्रवेश गराउन केपी ओली जनकपुर जाँदै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर जाँदैछन्। विभिन्न पार्टी परित्याग गरि एमाले पार्टी प्रवेश गर्ने नेता कार्यकर्तालाई स्वागत गर्न ओली जनकपुर जान लागेको एमाले सचिव रघुवीर महासेठले जानकारी दिए।

जनकपुरमा आयोजना गरिएको बृहत पार्टि प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली बिहान ११ बजे जनकपुर पुग्ने उनको सचिवालयले जनाएको छ।

नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहित कम्तिमा ५ हजार जना एमाले प्रवेश गर्न लागेको स्थानीय नेता शम्भु साह बताउँछन्।

पार्टी प्रवेशपछि आयोजना हुने जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।