यस्तो छ प्रधानमन्त्री ओलीको ताजा अवस्था: प्रत्यारोपणको तयारी हुँदै - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

यस्तो छ प्रधानमन्त्री ओलीको ताजा अवस्था: प्रत्यारोपणको तयारी हुँदै



काठमाडौं- मिर्गाैला पुनः प्रत्यारोपणको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको ताजा अवस्थाको बारे अस्पतालले जानकारी गराएको छ।

मंगलवार अस्पतालले विज्ञप्ति जारी गर्दै बुधवार हुने प्रत्यारोपणका लागि तयारी शुरू गरिएको जानकारी दिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रेस विज्ञप्ति जारी गर्दै प्रत्यारोपणका लागि आवश्यक औषधि दिन शुरू गरिएको जनाएका छन् ।

विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिइएको छ ।