ओलीले भने- हलोमा भोट हालेर एमालेको इज्जत बचाईदिनुहोस् - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

ओलीले भने- हलोमा भोट हालेर एमालेको इज्जत बचाईदिनुहोस्



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनमा एमालेको इज्जत बचाइदिन आग्रह गरेका छन् । उनले एमालेको इज्जत जोगाउनको लागि हालोमा मतदान गर्नुपर्ने बताए ।

ओलीले आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गर्दै राप्रपासँग संयुक्त सरकार बनाउने समेत बताए ।

एमाले र राप्रपाले भद्रपुरमा आज आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा जनता समाजवादी पार्टी (जसपा)सँग संयुक्त सरकार गठन गर्ने बताए।

अध्यक्ष ओलीले झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए। उनले एमालेको इज्जतका लागि भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई जिताउनुपर्ने भएको हुँदा राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न कार्यकर्तालाई निर्देशन दिए।

उनले नेकपा (एमाले) एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको बताउँदै सबै कार्यकर्तालाई निर्धक्क भएर हलोमा भोट हाल्ल आग्रह गरे। यता राप्रपाका अध्यक्ष लिङ्देनले राप्रपालाई निर्वाचनमा जिताउन आग्रह गरे।