आईसीयूमा किन गरिँदैछ प्रधानमन्त्रीको उपचार, कस्तो छ अवस्था ?
काठमाडौं । मंगलवारदेखि अस्वस्थ बनेका प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालको आईसीयूकक्षमा उपचार भैरहेको छ ।
बुधबार बिहानै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखेर उपचार गरिरहेको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्रीको शरीरमा पानीको मात्रा कम भएपछी टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको र बुधबार बिहानदेखि यो समस्या झन् बढिरहेकोले उपचारको लागि लागिएको पनि स्रोतले जानेको छ ।
अहिले अवस्था सामान्य हुँदै गएको बताइएको छ । आजै डिस्चार्ज हुने सम्भावना रहेको अस्पताल स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयले भने स्वास्थ्यमा समस्या नभएको र नियमित फलोअपमात्रै भएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको १३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसयता प्रधानमन्त्रीको ओलीले नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् ।