कांग्रेसलाई सम्झाउन भन्दै हिँडे ओली - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कांग्रेसलाई सम्झाउन भन्दै हिँडे ओली



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेसलाई सम्झाउन भन्दै हिंडेका छन् । उनलाई कांग्रेसको चौधौँ महाधिवेशनमा उद्घाटनसत्रमा सहभागी भएर शुभकामना मन्तब्य दिन बोलाइएको थियो ।

एमाले बागमती प्रदेश कमिटीको बधाई कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसको आतिथ्य स्वीकार् जाने बताए।त्यतिमात्र होइन त्यहाँबाट छुट्दा ओलीले कांग्रेसलाई सम्झाउन जाने भन्दै हिंडेका छन् ।

उनले सम्बोधनका क्रममा पार्टी भनेको एमाले मात्रै भएको पनि बताए। उनले एमाले मात्रै पार्टी भएको पनि टिप्पणी गरे।

‘पार्टी भनेको त एमाले मात्रै हो। अरु त पानीको फोका जस्ता मात्रै हुन्’, उनले भने, ‘अरु पार्टी पानीको फोका जस्तो बन्छन्, फुट्छन्, बन्छन् फुट्छन्।’

उनले आफू कांग्रेसलाई सम्झाउन पनि महाधिवेशनमा जान लागेको बताए। ‘कांग्रेसलाई गएर सम्झाउनुछ। त्यसैले महाधिवेशनमा सहभागी हुन्छु’, उनले भने, ‘अरु पार्टीको कुरा नगरौँ। कांग्रेसलाई सम्झाउनु छ त्यहीकारण जाँदैछु।’