एमसीसी पास गर्न किन हतार गर्दैछन् प्रधानमन्त्री ओली ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

एमसीसी पास गर्न किन हतार गर्दैछन् प्रधानमन्त्री ओली ?



काठमाडौं- प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्झौता छिट्टै पास गर्नुपर्ने बताएका छन् । पछिल्ला केहि गतिबिधि हेर्दा प्रधानमन्त्री ओली एमसीसी पास गर्न निकै हतारिएको देखिन्छ ।

नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई बधाइ, शुभकामना दिँदै पहिलो बैठकमै पनि उनले दायाँ बायाँ केहि नसोची एमसीसी तत्काल पास गर्नैपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सापकोटालाई प्रधानमन्त्री तथा दलका तर्फबाट बधाइ दिँदै ओलीले एमसीसी पारित गराएरै छाड्ने प्रतिबद्धता दोहोर्‍याएका हुन् ।

उनले ६–७ वटा प्रधानमन्त्री गुजार्दै आएकाले एमसीसी पारित गर्न ढिलाइ गर्न नहुने भन्दै निकै ढिला भएको पनि जिकिर गरेका छन् ।

यो लगायत उनले देखाएका पछिल्ला गतिबिधिले उनि एमसीसीको बिषयमा निकै हतारिएको देखिन्छन । आफ्नै दलभित्र एमसीसीको बिषयले तिब्र मतभेद छ भने केहि नेताहरूले पास गर्नै नहुने बताएका छन् ।

त्यतिमात्र होइन नेकपाकै कतिपय केन्द्रीय नेताहरूले एमसीसीको बिरोधमा मोर्चा नै खडा गरेका छन् ।


मङ्गलबार प्रधानमन्त्रीले भनेका छन्, “स–साना कुरामा अल्झने होइन । अनावश्यक बहस गर्ने होइन । समय र विकासका गति समात्नै पर्छ । हामी ढिला भइसकेका छौं । सभामुख चयनमा पनि केही विलम्ब भयो ।

ओलीले थपे, केही दिनपछि एमसीसीलगायत अरू थुप्रै कुरा यही सदनले पारित गर्नुपर्नेछ,” उनले भने । देशको समसामयिक परिस्थिति मुलुको अवस्थामा सरकारको धारणा यसपछिको बैठकमा समय माग गरेरै राख्ने बताएका प्रधानमन्त्रीले पटकपटक सहमतिको राजनीतिमा जोड दिए ।

“हाम्रो समाजको चरित्र पनि सङ्घर्ष गरे पनि अन्तिममा सहमति नै गर्ने हो । सात सालमा राणासँगै संघर्ष गर्‍यौं । सहमति हुँदा उनीहरूलाई नै प्रधानमन्त्री स्वीकार गर्‍यौं,” उनले भने । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग लोकतन्त्र स्थापनाको लडाइँमा हमेसा सँगै रहेको बताउँदै भने, “तरिका, बाटा अलि फरक भए पनि हाम्रो गन्तव्य एकै थियो ।”

सभामुख चयनमा देशमा कहीँ कतै असहति, विरोध प्रतिपक्षी नरहेकाले यही भावका साथ आगामि दिनमा संसद अघि बढ्ने विश्वास व्यक्त गरे । “सभामुखले संविधानको मर्मअनुसार परिपालना गर्नुहुनेछ । कानुनसम्मत, नियम संगत, मर्यादित ढंगले संसद् अघि बढाउन मेरो पूर्ण सहयोग रहनेछ । सकारात्मक भूमिका रहनेछ,” उनले भने ।