भ्यूटावरहरू बनाउँदा हामीलाई गर्व लागेको छ: ओली - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

भ्यूटावरहरू बनाउँदा हामीलाई गर्व लागेको छ: ओली



नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही गर्न नसक्नेहरुले विकास, निर्माणको काम गर्दा पनि विरोध गर्ने गरेको बताएका छन्।

अध्यक्ष ओलीले काँग्रेस नेता शेखर कोइरालाप्रति संकेत गर्दै भ्यूटावरको विरोध गरेर केहीले विकास निर्माणकै कामको विरोध गरेको बताएका हुन्। ]काठमाडौंमा पार्टीको एक कार्यक्रममा बोल्दै उनले हामीले बनाएका भ्यूटावरहरु हाम्रा सभ्यता, विकास र आर्थिक क्रियाकलापका केन्द्र भएको दावी गर्दै विकासको त्यो मोडेललाई नबुझ्नेहरुले त्यसो नगर्ने प्रतिज्ञा गर्न आग्रह गरेको बताए।

केहीलाई धरहरा बनाएको भतभती पोलेपनि आफूहरुलाई भने गर्वको महसुस हुने गरेको उनले बताए। अध्यक्ष ओलीले धरहरा एउटा भ्यूटावर भएको र त्यो राष्ट्रको पहिचान, गौरव र इतिहास भएको स्मरण गराए।

अध्यक्ष ओलीले पार्टीले स्थापना गरेको सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने पटकपटक दोहोर्‍याए। उनले जनताको सेवा गर्ने उद्देश्यका साथ स्थापना गरिएको केन्द्रका लागि पार्टीका ८ लाख ५५ हजार बढी संगठित सदस्यहरुले सय रुपैयाँका दरले सहयोग गर्दा पनि केही करोड हुने बताए।

कार्यक्रममा ओलीले सो केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवम् उद्योगी मोति दुगडलाई तोकिएको पनि घोषणा गरे।