पूर्व प्रधानन्यायाधीश र वकिलहरुप्रति प्रधानमन्त्री ओली फायर - Himal Post Himal Post
  • २६ मंसिर २०८१, बुधबार
  •      Wed Dec 11 2024
Logo

पूर्व प्रधानन्यायाधीश र वकिलहरुप्रति प्रधानमन्त्री ओली फायर



काठमाडौं । पूर्व प्रधानन्यायाधीश र वकिलहरुप्रति प्रधानमन्त्रीको केपी शर्मा ओली फायर भएका छन् । प्रधानमन्त्री ओलीले वकिलहरुले न्यायाधीश तय गर्ने र फैसला पनि लेखिदिनुपर्ने भन्दै आक्रोश पोखे ।

सर्वोच्च अदालतमा प्रतिनिधीसभा विघटन सम्वन्धी मुद्धामा गठन भएको सम्वैधानिक इजालसमा रहेका दुई न्यायाधीशहरुको विषयमा विपक्षी तर्फका कानुन ब्यवसायीले प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आक्रोश पोखेका हुन् ।

उनले कालोकोटधारीहरू र पूर्व पेन्सनवाला न्यायधिसहरुले अदालतको न्यायिक प्रणालीलाई बिगार्न लागेको आरोप पनि लगाए ।

पार्टी निकट युवा संघको केन्द्रीय सचिवालय बैठकलाई भचुअल सम्वोधन गदै प्रधानमन्त्री ओलीले त्यस्तो बताएको युवा संघका एक सचिवालय सदस्यले बताए ।

‘अहिले तपाईहरुले सर्वाेच्च तिर देखिरहनुभएको छ, के भईरहेको छ ? केही कालोकोट लगाएका व्यक्तिहरू अदालतको मानसम्मान, न्यायाधीशहरूको मानसम्मान गरिमा, त्यसको पनि किञ्चित ख्याल नराख्ने, कस्तो न्यायिक सिस्टम हामी तय गर्दैछौं ? वकिलहरूले न्यायाधीश तय गर्ने ? वकिलहरूले लेखेर ल्याएको, उनीहरूले पढेर सुनाउ भनेको न्यायाधीश चाहियो ?’ प्रधानमन्त्रीले भने,– यो काहा हुन्छ ? यस्तो पनि हुन्छ ?’

कालो कोटधारीहरुले न्यायलयको गरिमा सिध्याउन खोजेको प्रधानमन्त्रीको भनाई थियो । उनले पूर्व प्रधानन्यायधिसहरुले जारी गरेको वक्तब्यमा पनि आक्रोश पोखे ।

‘ वकिलहरु पनि कस्ता ? हामीले लेखेर दिएको फैसला पढिसुनाउने न्यायाधीशबाहेकलाई हामी मान्दैनौँ भन्छन् । यसप्रकारका कुरा छन् । न्यायालय कुन अवस्थामा पुग्दैछ । कालोकोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदैहुनुहुन्छ ? कुन हैसियतमा पुर्‍याउँदै हुनुहुन्छ ? बडो गम्भीर विषय छ,’ प्रधानमन्त्रीले भने,–‘ पूर्वन्यायमूर्ति, उहाँहरूले न्यायालयको कसरी हुर्मत लिँदै हुनुहुन्छ, पेन्सन खाएर । आफ्नो समयमा केही नगर्ने , अनि वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने ? यसले हाम्रो लोकतन्त्रलाई कहाँ पुर्‍याउँछ ? ’

आफु पनि सरकारमा बसेर केही नगर्ने, अरुलाई पनि गर्न नदिने हरुको जमातले अहिले देश विगार्ने कोसिस मात्र गरिरहेको प्रधानमन्त्रीको भनाई थियो ।