हाम्रो छुट्टै पहिचान छ ,सगरमाथालाई 'माउन्ट एभरेष्ट' भन्नु हुदैन :प्रम ओली - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हाम्रो छुट्टै पहिचान छ ,सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ भन्नु हुदैन :प्रम ओली



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथालाई माउन्ट एभरेष्ट नभइ सगरमाथा नै भन्नु पर्ने तर्क गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एसिया प्रशान्त्र क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनमा प्रधानमन्त्री ओलीले उक्त कुरा गरेका हुन् ।

नेपालको छुट्टै पहिचान भएकोले नेपाली विशेषता भएका वस्तुलाई नेपालीमै भन्नु पर्ने उनको भनाइ थियो । गैंडालाई अंग्रेजीमा ‘राइनोज’ होईन उनले भने,‘गैडाज आर गैंडाज, नट राइनोज ।’

४३ देशका ४ सयम भन्दा धेरै प्रतिनिधिसहभागी भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्यटन नेपालको मुख्य क्षेत्र रहेको भन्दै त्यसको विकासका लागि सरकार गम्भीर रहेको बताए ।