प्रधानमन्त्री कम्तिमा एक साता अस्पताल बस्नुपर्ने
काठमाडौं- एक्कासी पेट दुखेपछि मंगलबार एपेन्डिक्सको शल्यक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको जनाइएको छ ।
बुधबार मनमोहनमै उनको डायलासिस गर्ने तयारी पनि गरिएको छ। अस्पताल स्रोतले स्वास्थ्यमा निकै सुधार देखिएको र अब खतरामुक्त भएको जनाएको छ ।
उपचारमा संलग डाक्टरहरूले प्रधानमन्त्री ओलीलाई अझै कम्तिमा पनि एक साता अस्पतालमै बस्न आग्रह गरेका छन् ।
सोमबार राति पेट दुखेपछि प्रधानमन्त्री ओली सोमबार बिहानै अस्पताल पुगेका थिए। एपेन्डिक्स फुटेको र पेटमा निकै संक्रमण भएको भेतिएपछि उनको तत्काल शल्यक्रिया गरिएको थियो।