बैठक सकिएलगत्तै देउवा आरजुसहित बालकोट पुगेपछि... - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

बैठक सकिएलगत्तै देउवा आरजुसहित बालकोट पुगेपछि…



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् । बिहीबार साँझ गठबन्धनको बैठक सकिएलगत्तै देउवा बालुवाटारबाट सिधै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका हुन् ।

देउवा पत्नी आरजु राणासहित बालकोट पुगेका हुन् ।आजको बैठकमा एसमीसीबारे सत्ता गठबन्धनमा सहमति नभएको बुझिएको छ ।

यद्यपि नेताहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । सरकारका प्रवक्ता ज्ञानेनद्रबहादुर कार्कीले गठबन्धनका शीर्ष नेताहरूको बैठक भोलि बिहान फेरि बस्ने बताएका छन् ।