भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको देउवाको खुलासा - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको देउवाको खुलासा



कास्की- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले नक्सा छापेको खुलासा गरेका छन्। कास्कीमा चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भारतले हालै सार्वजनिक गरेको आफ्नो नयाँ नक्सामा नेपालको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश छ। यसको बिरोधमा जसस्तरबाट देशभर प्रदर्शन भइरहेको छ।

देउवाले प्रधानमन्त्री ओली नाकाबन्दीमा भारतको बिरोध गरेर राष्ट्रवादी बनेको र अहिले सीमा समस्यामा लम्पसारवादी बनेको आरोप समेत लगाए।

पोखरामा शनिबार भएको चुनावी सभामा देउवाले भने, “भारतले ओलीसँग सल्लाह नगरी नक्सा छाप्नै सक्दैन,” । उनले प्रधानमन्त्री ओलीको राष्ट्रवादले कालापानीमा घुँडा टेकेको बताए। “ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ,” उनले भने।

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएको स्पष्ट पारे। “सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख छ। महाकालीको पानीमा पनि आधा हक लाग्छ,” उनले भने।

ओली सरकारले भ्रष्टाचार बढाएको उनले बताए। “हरेक ठाउँमा भ्रष्टाचार बढेको छ। सरकारले अनावश्यक कर बढाएको छ,” उनले भने, “यतिमात्र होइन, संवैधानिक परिषदलाई शाही आयोगजस्तो बनाउँदैछ। कठपुतली बनाउन खोजिँदैछ।”