जब ओलीले प्रधानमन्त्री फेर्ने कुरा गरे... - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

जब ओलीले प्रधानमन्त्री फेर्ने कुरा गरे…



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक सरकार तथा प्रधानमन्त्री फर्न सकिने कुरा गरेका छन् । उनले यदि मन नपरे सरकार तथा प्रधानमन्त्री फेर्न पाइने बताइरहँदा सुन्नेहरू भने आश्चर्य मानिरहेका थिए।

निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनसँग बुधबार बालुवाटारमा भएको भेटमा उनले कर्मचारीहरूलाई लोकतन्त्रको पाठ समेत पढाए। उनले भने ‘लोकतन्त्र भनेकै यही हो, अहिलेको समय आन्दोलनको समय होइन, संस्कार, योगदानको समय हो।’

यसैबीच निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनले बाढी, पहिरो र डुबानपीडितको राहतका लागि १० लाख आर्थिक सहायता उपलब्ध गराएको छ। यसअघि केडिया अर्गनाइजेसनले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् बाढी, पहिरो र डुबानपीडितका लागि १५ लाख आर्थिक सहायता उपलब्ध गराएको थियो।

युनियन र युनियनमा आबद्ध राष्ट्रियस्तरका कर्मचारी संघ, संगठनहरूको पहलमा संकलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पीडितलाई राहत दिन हस्तान्तरण गरिएको युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले जानकारी दिए।