जब ओलीलाई कांग्रेसको माया लाग्न थाल्यो... - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

जब ओलीलाई कांग्रेसको माया लाग्न थाल्यो…



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काग्रेस अधोगतिमा लागेको भन्दै आफूलाई कांग्रेसको माया लागेर आएको बताएका छन् ।

एमालेले हुम्लाको सिमकोटमा आयोजना गरेको आमसभालाई आइतबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आसन्न स्थानीय तह चुनावमा कांग्रेस गठबन्धन गरेर जान लागेको प्रति व्यंग्य गर्दै अध्यक्ष ओलीले कांग्रेसको माया लागेर आएको बताएका हुन् ।

‘२०१५ सालमा दुई तिहाई ल्याएको कांग्रेस ४८ सालमा आउँदा बहुमतमा झ¥यो, ०७४ मा आइपुग्दा लौरो टेक्नुपर्ने अवस्थामा आयो, अहिले माओवादी र माकुनेको वैशाखी टेक्नुपर्ने अवस्थामा पुगेको छ’, उनले भने, ‘वैशाख ३० पछि कुन हालतमा पुग्ने हो, कांग्रेसलाई देखेर मलाई माया लागेर आएको छ ।’

अन्य पार्टी नभएर गठबन्धन भएको र देशमा एक मात्र पार्टी एमाले रहेको उल्लेख गरे । एमालेको विकासप्रतिको आकांक्षा र क्षमतलाई देखेर बिरोधीहरुले सरकारबाट अपदस्थ गरेको ओलीले जिकिर गरे । आगामी चुनावपछि पुनः एमालेको सरकार बन्ने र पुनः विकास र समृद्धिको मार्गमा देश अगाडि बढ्ने उनले दाबी गरे ।

ओलीले हुम्लाको विकासका लागि एमाले आफ्नो नेतृत्वका सरकारले प्राथमिकता दिएको र पुनः एमाले सरकारमा आएपछि तीव्रता पाउने जिकिर गरे । हुम्लामा टेलिफोन, इन्टरनेट, सडक, रोजगारलगायत छिमेकी देशसँग जोडिएको सिमानाका खुला नहुँदा यहाँका नागरीकको पीडा आफूले बुझेको अध्यक्ष ओलीले बताएका थिए ।