शरणार्थी प्रकरणमा एमाले नेताहरू मुछिएपछि ओलीले दिए यस्तो चेतावनी - Himal Post Himal Post
  • २७ पुष २०८२, आईतवार
  •      Sun Jan 11 2026
Logo

शरणार्थी प्रकरणमा एमाले नेताहरू मुछिएपछि ओलीले दिए यस्तो चेतावनी



शरणार्थी प्रकरणमा एमालेका एकपछि अर्को नेता मुछिएपछि एमाले अध्यक्ष केपी ओलीले एमालेतिर हिलो छ्यापेको सह्य नहुने चेतावनी दिएका छन् । उनेले बदनियतका साथ एमालेलाई मुछ्न खोजिएको भन्दै यस्तो सह्य नहुने चेतावनी दिएका हुन् ।

पार्टीसम्बद्ध जनवर्गीय संगठनका पदाधिकारीको संयुक्त बैठकमा ओलीले भने, ‘सञ्जाल र मिडियाको प्रयोग गरेर, विभिन्न कुरा बजारमा छरेर, त्यसैलाई स्थापित गर्ने योजनाबद्ध प्रयास गरेर, करकापसहित मान्छेलाई नाम उच्चारण गर्न लगाएर एमालेलाई मुछ्न खोजिन्छ, हिलो छ्याप्न खोजिन्छ भने सह्य हुनेछैन।’

ओलीले नेपालका छानबिन देखिएको भन्दै थुप्रै कुरा भोगेको पनि बताएका छन् । ‘हामीले नेपालको छानबिन देखेका छौँ, नेपालको थुप्रै कुरा भोगेर आएका छौँ।’ उनेले भने ।