'ब्रेक थ्रु' गर्ने तयारीमा प्रधानमन्त्री: गोप्य परामर्श, मन्त्री र कर्मचारी निशानामा - Himal Post Himal Post
  • ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
Logo

‘ब्रेक थ्रु’ गर्ने तयारीमा प्रधानमन्त्री: गोप्य परामर्श, मन्त्री र कर्मचारी निशानामा



काठमाण्डौ । देश दसैँमय भैरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारको संरचना बदल्ने तयारीमा जुटेका छन्। पछिल्लो समय सरकार संचालनबारे गहन छलफलमा जुटिरहेका ओलीले केहि ‘ब्रेकथ्रु’को तयारी गरेको स्रोतले बताएको छ।

जनस्तरबाट काम गर्न नसकेको आलोचनाले आजित बनेका प्रधानमन्त्री ओली केहि फरक ढङ्गले अगाडी बढ्नको लागि लामो समयदेखि परामर्शमा थिए। अहिले सरकारको काम कारबाहीप्रति चौतर्फी आलोचना भैरहेको छ। निरन्तर यस्तो भैरहेको हुनाले ओलीले यसभित्रको समस्या पहिचान गर्न छुट्टाछुट्टै टोलीसंग छलफल गरेको स्रोतले बताएको छ।

ओलीले केही महत्वपूर्ण निर्णय गर्नका लागि गोप्य छलफल गरिरहेको खुलेको छ । उनले हाल पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग यस बिषयमा छलफल गरिरहेका छन्। हाल पार्टीका दुवै अध्यक्षले एक आपसमा पार्टी र सरकारका गतिबिधिका बिषयमा ‘ब्रिफिङ’ गर्नेगरेको प्रचण्ड निकट स्रोत बताउँछ।

प्रधानमन्त्री केपी ओली केही मन्त्रीहरुसँग असन्तुष्ट भएपछि के गर्ने भन्नेमा छलफल गरेका हुन् । विहिबार मन्त्रीहरुसँगको कार्यसम्पादन सम्झौतासम्बन्धी छलफलमा पनि ओली असन्तुष्ट देखिएका थिए । उनले मन्त्रीहरुलाई बजेट कार्यान्वयन र कार्यसम्पादन सम्झौताबमोजिम काम गर्न निर्देशन दिएका थिए ।

ओली पछिल्लो समय मुख्यसचिव लोकदर्शन रेग्मीसँग पनि असन्तुष्ट देखिएका छन् । रेग्मीलाई मुख्यसचिवबाट हटाउनेसम्मको निर्णय गर्न सक्ने बताइएको छ ।

प्रधानमन्त्री ओली चौतर्फी आलोचनालाई सम्बोधन गर्नका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने मनसायमा पुगेको बताइन्छ । सकेसम्म दशैँ अगाडि नै वृहत छलफल गरेर राम्रो काम गर्न नसक्ने मन्त्रीहरुलाईसमेत हटाउने मनसायमा उनी पुगेको संकेत धेरैले गरेका छन् ।

स्रोतका अनुसार नेकपाभित्र पछिल्लो समय बढेको अराजकता र अनुशासनहिन ब्यबहारकै कारण चिनिया कम्युनिष्ट पार्टीसंग परामर्श गरी पर्शिक्षण चलाइएको हो। स्रोत भन्छ नेकपामा अहिले जे गरेपनि हुन्छ भन्ने प्रवृत्ति हाबी छ यो समस्या दुवै जना अध्यक्षका लागि टाउको दुखाई बनेको छ।