केपी ओलीविरुद्ध चुनाव लड्ने कुमार कट्टेलको घोषणा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

केपी ओलीविरुद्ध चुनाव लड्ने कुमार कट्टेलको घोषणा



काठमाडौं- जिग्रीको नामले चिनिने हास्य कलाकार कुमार कट्टेलले प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जालमा भाइरल पोस्टरका बारेमा बोल्दै आधिकारिक घोषणा नभए पनि उम्मेदवारी दिने सम्भावना धेरै रहेको बताएका हुन्।

यतिबेला कुमारले झापा क्षेत्र नम्बर ५ बाट मंसिरमा हुने चुनाव लड्ने भनेर उल्लेख गरिएको पोस्टर भाइरल भएको छ। चुनाव लड्ने कुरा छलफल जारी रहँदा नै साथीहरूले पोस्टर सार्वजनिक गरिदिएको उनले बताएका छन्। झापा क्षेत्र नम्बर ५ पूर्व-प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको क्षेत्र हो।

सोही क्षेत्रका मतदातासमेत रहेका कुमारले स्वतन्त्रबाट उम्मेदवारी दिने र जनतासँग मिलेर काम गर्ने इच्छा रहेको बताएका छन्। चुनाव नजिकिएका कारण छलफल सकिएपछि छिट्टै आधिकारिक घोषणा पनि गरिने उनले बताएका छन्।

हास्य कलाकारको रूपमा पहिचान बनाएका कुमार विभिन्न सामाजिक कार्यहरूमा पनि संलग्न हुँदै आएका छन्। उनको लेखन तथा अभिनय रहेको टेलिशृंखला ‘सक्किगोनी’ चर्चित छ।