एमाले अध्यक्ष बिरामी, भेटघाट बन्द - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

एमाले अध्यक्ष बिरामी, भेटघाट बन्द



काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।

पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि अस्वस्थ भएको उनका प्रेस सहहयोगी रामशरण बजगाईंले जानकारी दिए।

ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन्। अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताए।

नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओली सक्रिय भएका थिए। न्यूज कारखाना