प्रधानमन्त्री ओलीको विकल्प ज्ञानेन्द्र शाह भएको दाबी - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

प्रधानमन्त्री ओलीको विकल्प ज्ञानेन्द्र शाह भएको दाबी



काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिसमशेर राणाले जनताले केपी ओली सरकारको विकल्प खोजिसकेको बताएका छन् ।

राणाले ओलीको विकल्प राजसंस्था भएको जिकिर गरे । ओली सरकारको कुशासनबाट आक्रोशित जनताले विकल्प खोजेको दाबी उनको थियो । ‘ओली सरकारबाट आजित भएका जनताले विकल्प खोजिसकेका छन्’, सिन्धुलीमा शनिबार आयोजित कार्यक्रममा राणाले भने, ‘यो सरकारले विकल्प राजसंस्था र राप्रपा संयुक्त हो ।’ इतिहासकै बलियो भए पनि वर्तमान सरकारले सिन्को नभाँचेको आरोप लगाए ।

सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादी दिशामा उन्मुख भएकाले जनता निराश भएको बताए । सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथा राष्ट्रपतिको भूमिका निष्पक्ष नभएकाले निष्पक्ष संस्थाका रुपमा राजसंस्थाको आवश्यकता रहेको जिकिर गरे ।

उनले आफ्नो पार्टीले राजसंस्था र हिन्दू राष्ट्रका लागि आन्दोलनको तयारी गरेको उल्लेख गरे । कार्यक्रममा राप्रपा संयुक्तका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बेलायत वा नर्वेको मोडलमा राजसंस्था पुनस्र्थापना हुनुपर्ने जिकिर गरे ।