प्रधानमन्त्री ओलीको विदेश भ्रमण तय
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा जाने भएका छन् । असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन ओली अजरवैजान जाने भएका हुन् ।
सम्मेलनमा भाग लिनको लागि प्रधानमन्त्री ओली कात्तिक ७ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस सम्मेलनबाट नेपालले आगामी ३ वर्षको लागि असंलग्न राष्ट्रहरुको अध्यक्षता गर्ने छ ।
नेपाल असंलग्न राष्ट्रहरुको समूहको २५ मध्येको एक संस्थापक हो ।
असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलन अजरबैजानको राजधानी बाकुमा अक्टोबर २५–२६(कात्तिक ८–९)मा हुँदैछ ।