ओलीको अशोभनीय भाषा - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

ओलीको अशोभनीय भाषा



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनबारे अशोभनीय टिप्पणी गरेका छन्। पोखरामा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँचदलीय गठबन्धन झाडीमा जन्मिएको भनी अभद्र टिप्पणी गरेका हुन्।

‘‘यो झाडीमा जन्मिएको गठबन्धन, परमादेशबाट आएको गठबन्धन, कसले फालेको हो थाहा छैन ,” उनले भने, ‘‘कहाँबाट पैदा भएको ? यस्तोलाई कसैले साथ दिन्छ भन्ने मलाइ लाग्दैन। जनताले त यसलाई साथ दिँदै दिदैन।’’

उनले पाँचदलीय गठबन्धन देश, लोकतन्त्र, संविधान र सरकारका लागि कलंक भएको टिप्पणी गरे।

सभामा उनले आफ्ना विचार बुझ्ने बुद्धिजीवी नेपालमै नभएको भन्दै बुद्धिजीवीप्रति आक्रोश समेत पोखेका थिए। आफूले राखेको राष्ट्र निर्माणको विचारलाई टुक्का भनेर सो-कल्ड बुद्धिजीवीहरूले एमालेलाई बदनाम गर्न र सिध्याउन खोजेको आरोप उनको थियो।