ओलीबाट यस्तो चाहन्छ भारत ! - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

ओलीबाट यस्तो चाहन्छ भारत !



भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले नेपाल भारत् सम्बन्धका पाँच प्राथमिकता प्रस्तुत गर्दै त्यसलाई प्रवद्र्धन गर्ने भारतीय चाहना रहेको बताए ।

उनका अनुसार जनस्तरको सम्बन्ध, विकास तथा सहयोग साझोदरी, व्यापार र पारवहनमा सहजीकरण, उर्जा र जलस्रोतको अधिकतम उपयोग तथा प्रकोप व्यवस्थापनमा सहकार्य, सुरक्षा तथा प्रतिरक्षामा साझेदारी भारतको प्राथमिकतामा छ ।

प्रधानमन्त्री केपी ओलीको भ्रमणमा नेपालले थप पारवहनमा लागि प्रस्ताव गरे छलफल गर्न भारत तयार रहेको ती अधिकारीले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ, पारवहनमा कष्ट अफ ईकोनोमी पनि हेर्नुपर्छ, यदि व्यवसायीले धान्न सक्छन् भन्ने अवसथ हो भने हामी थप बन्दरगाहमा नेपाललाई सहजीकरण गर्न तयार छौँ, उनले भने ।