प्रम ओलीले भने बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

प्रम ओलीले भने बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल प्रयोगमा गलत प्रवृत्ति देखिएको भन्दै त्यसलाई निस्तेज पार्ने बताएका छन् ।

बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यम बनेको टिप्पणी गरे ।

‘सामाजिक सञ्जाल र सूचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो’ उनले भने, ‘त्यसकारण यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानुपर्छ ।’

प्रधानमन्त्री ओलीले नेपालमा केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउंदै प्रधामन्त्री ओलीले अहिले यो अत्यावश्यक वस्तु भइसकेको बताए । ‘केही बर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपालीहरु अनौठो मान्थे तर अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो’ उनले भने ।

प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताएका छन् । ‘प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।’