“ओली बाको रेल" सार्वजनिक (भिडियो) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

“ओली बाको रेल” सार्वजनिक (भिडियो)



समीर प्रकाश पाण्डे

नेपाली लोक सङ्गीतको क्षेत्रमा एक होनाहार गायक अनि सर्जक हुन् चन्द्र शर्मा । उनले पछिल्लो समय बजारमा साङ्गीतिक कोसेली ल्याउने क्रममा यति बेला नारीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर “ओली बाको रेल” सार्वजनिक गरेका छन्। गीतमा श्रीदेवी देवकोटा र चन्द्र शर्माको आवाज रहेको छ। गीतको शब्द, सङ्गीत खेम सेन्चुरीको रहेको छ उक्त गीतमा उनले प्रधानमन्त्री ओलीको रेल प्रसङ्गलाई व्यंग गरेका हुन् ।

गीतको भिडियोलाई चर्चित निर्देशक शङ्कर वि.सीले निर्देशन गरेका छन् भने छायाङ्कन दुर्गा पौडेलले गरेका छन् र सम्पादन नवीन घर्ती मगरको रहेको छ। रमाइलो पारामा अहिलेका चर्चित कमेडिएन उमेश राई (फ़ुलन्देकी आमा) र राजेन्द्र नेपाली (लट्टे) बिचबिचमा खेल्दा म्युजिक भिडियो अर्थपूर्ण बनेको छ ।