ओलीको स्वास्थ्यमा एक्कासी समस्या, पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । दिउँसो गृहजिल्ला झापा पुगेका उनको स्वास्थ्यमा एक्कासी समस्या देखिएको छ ।
चुनाव प्रचारप्रसारका क्रममा आज झापा पुगेका ओलीलाई एक्कासी ज्वरो आएको बताइएको छ । चिकितकको सल्लाहपछि ओलीले औषधि खाएर आराम गरीरहेको बताइएको छ ।
ओलीलाई एकाएक ज्वरो आएपछि पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरिएको छ । उनको स्वास्थ्यमा सुधार नभएको खण्डमा जतिबेला पनि काठमाडौ लगिने बताइएको छ ।