एमाले सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त पारे: ओली - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

एमाले सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त पारे: ओली



नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त भएको बताएकाे छन्।

उनले त्यसको अर्थतन्त्र ध्वस्त हुनुकाे कारण पाँच दलीय गठबन्धनको असक्षमता नै भएको जिकिर गरे। उनले यी सबै समस्याबाट पार लगाउन एमालेलाई जिताउनुपर्ने बताए।

सरकारले अर्थतन्त्र सुधार गर्नभन्दा योजनाहरु कटौति गर्न थालेकोले अब वृद्ध भत्तासमेत बाँड्न रोक्ने आशंका ओलीले व्यक्त गरे। पाँच दलीय गठबन्धनलाई हराउन सकिएन भने देशी विदेशीशक्तिको षड्यन्त्र सफल हुने पनि ओलीको तर्क छ।

ओलीले मुलुक बनाउन अब पाँच दलीय गठबन्धनलाई हराउन अपरिहार्य रहेको तर्क गरे। ‘देशको अर्थतन्त्र बचाउन, देशी विदेशी प्रतिक्रियावादीहरुको चलखेल हुनबाट जोगाउन र समृद्धिको लक्ष्य प्राप्त गर्न यो अपवित्र गठबन्धनलाई बढार्नुपर्छ। एमालेलाई जिताउनुपर्छ। यही सन्देश लिएर जनतामाझ जानुहोस्,’ उनले अगुवा कार्यकर्ताहरुलाई भने।