प्रम ओलीमाथि आरोप : गफ गर्ने प्रतियोगितामा प्रथम हुन्छन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रम ओलीमाथि आरोप : गफ गर्ने प्रतियोगितामा प्रथम हुन्छन



काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्।

सरकारले विकास, निर्माणका ठूला गफ गरे पनि सरकार बनेको बर्षदिनमा केही काम नगरेको दाबी गर्दै महतले सरकारले कामभन्दा धेरै गफ गरेको आरोप लगाए।

‘जनताका दैनिक आवश्यकता पूरा गर्नेतर्फ, भ्रष्टाचार रोक्नेतर्फ प्रधानमन्त्रीको ध्यान छैन,’ महतले भने, ‘गफ गर्ने प्रतिस्पर्धा भयो भने ओलीजी एक नम्बरमा आउनुहुन्छ। उहाँ कुरामा हिरो हुनुहुन्छ, काममा जिरो।’

नेपाली जनताले देशमै गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा रोजगारीको अवसर खोजेको बताएका महतले जनताको जीवनस्तर उकास्न सरकारले केही काम नगरेको आरोप लगाएका छन्। युवाहरु रोजगारी खोस्दै विदेशिनु परेको उनको भनाइ छ।

‘सरकार जनताको आवश्यकता पूरा गर्नेतर्फ लाग्दैन। पानी जहाज ल्याउने, रेल ल्याउने ठूला कुरा गर्छ तर रेल कसरी ल्याउने थाहा छैन,’ महतले भने। संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत विकास र युवाको भुमिका अन्तरक्रियामा महतले जनहितअनुसार सरकारले काम नगरेको भन्दै आलोचना गरेका हुन्।