ओली र प्रचण्डको भनाई बाझियो, अब के हुन्छ ? - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

ओली र प्रचण्डको भनाई बाझियो, अब के हुन्छ ?



काठमाडौँ ।

अन्नपूर्ण होटलमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा ओली र प्रचण्डको भनाई बाझिएको छ । पत्रकार सम्मेलन भैरहंदा पत्रकार ऋषि धमलाले सोधेको प्रश्नमा दुई नेताको भनाई बाझिएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दुई वटा संयुक्त प्रश्न सोधेका थिए । सरकार संवैधानिक कि असंवैधानिक ? र भावी सरकारमा को प्रधानमन्त्री र को पार्टी अध्यक्ष ? भन्ने प्रश्नहरू थिए ।
प्रश्नको उत्तरमा प्रचण्डले सरकारमा आफ्नो दल समेत सहभागी भएकाले संवैधानिक भने । उनले भने,‘सरकार संवैधानिक हो तर उसले ल्याएको विधयेक संवैधानिक हो ।’ कामचलाऊ अवस्थामा रहेको सरकारले सरुवा, बढुवा र नियुक्तिहरू रोकनुपर्ने प्रचण्डको जोड थियो ।

उक्त प्रश्नको जवाफमा ओलीले स्पष्ट शब्दमा भने,‘यो कसरी संवैधानिक सरकार हो ? हामी यो सरकारलाई संवैधानिक मान्न तयार छैनौं ।’ सरकारले नियुक्ति, सरुवा, बढुवा गर्ने अधिकार नराख्ने जिकिर गर्दै सरकार काम चलाऊ मात्र भएको बताए । दुई नेताको सरकार संवैधानिक र असंवैधानिक भन्ने तर्कका कारण मत बाझिएको देखियो ।

पार्टी अध्यक्ष र सरकार कस्ले चलाउने प्रश्नमा ओलीले भने,‘प्रश्नका लागि धन्यवाद दिन चाहन्छु । हामी को अध्यक्ष र को प्रधानमन्त्री भन्नका लागि पत्रकार सम्मेलन गर्न आएका होइनौं ।’ कोे के भन्नेबारे बोल्दा हतार हुने बताए । उनले ठट्यौली शैलीमा भने,‘हामी दुवै अध्यक्ष छौं ।’
सोही प्रश्नका जवाफमा प्रचण्डले भने,‘

प्रश्नमा ओलीजीको भनाईप्रति शतप्रतिशत सहमत छु । हामी दुवै प्रधानमन्त्री भइसकेका छौं । प्रधानमन्त्री को भन्नेमा हामीबीच विवाद छैन ।’

नेताद्वयको अभिव्यक्तिले दुवै पार्टीबीचको चर्चामा ल्याइएको एकता र भावी प्रधानमन्त्री को भन्ने विषय सजिलै टुंगोमा नपुग्ने देखिएको छ । ओली र प्रचण्डबीचको भित्री सहमतिले कस्तो आकार लेला वा नलेला ? समय कुनैपर्ने भएको छ ।