प्रधानमन्त्री ओली क्रिस्चियन धर्मका ज्ञाता भएको आरोप - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

प्रधानमन्त्री ओली क्रिस्चियन धर्मका ज्ञाता भएको आरोप



काठमाडौँ –

मङ्गलबार प्रतिनिधि सभाको शून्य समयमा नेपाली काङ्ग्रेसका भरत साहले क्रिस्चियन धर्मप्रचारलाई सहयोग गरेकामा आलोचना गरेका छन्। उनले व्यङ्गात्मक रूपमा विद्यावारिधी प्राप्त गरेकामा बधाई समेत दिन भ्याए, ‘साउथ कोरियाको धर्म प्रचार गर्ने विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि पाउनु भएकोमा प्रधानमन्त्रीलाई बधाई दिन चाहन्छु।’

यसै हप्ता कोरियाको काङनाङ विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको थियो। उक्त विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयसँग पनि शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता पनि गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरिएपछि नेकपाका सांसद महेश बस्नेतले प्रधानमन्त्री साझा भएकोले क्रिश्चियन धर्म प्रचारक संस्थाले दिएको उपाधि लिन ठीक भएको तर्क गरे ।‘केही सांसदज्यूहरू अनावश्यक विवाद सिर्जना गर्न खोज्दै हुनुहुन्छ। धर्म निरपेक्ष देशमा क्रिश्चियन धर्मको विरोध गर्नु उचित हो र ?

यस कार्यको ब्यापक आलोचना भइरहेको छ। प्रधानमन्त्री नै क्रिस्चियन धर्म प्रचारमा लागेको भन्दै सोमबारको बैठकमा नेकपाका नेता भीम रावलले समेत आपत्ति जनाएका थिए।