आरजुको राखी र जनार्दनको कल डिटेलप्रति यसरी पोखे ओलीले आक्रोश - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

आरजुको राखी र जनार्दनको कल डिटेलप्रति यसरी पोखे ओलीले आक्रोश



प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानविनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले समिति भित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकीर समेत गरे। साउन १५ (खीर खाने दिन) को अवसर पारेर पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसीटिभी फुटेजनै गायव गरिएको दावी समेत गरे।

ओलीले हाम्रा चाडपर्वहरुले सामाजिक सुसम्बन्धलाई बलियो बनाएको पनि स्पष्ट पारे। उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाईवालेलाई जनैपूर्णिमाको दिन राखी बानिदिएकोतर्फ संकेत गर्दै त्यसमा पनि राजनीति भईरहेको बताए।

अध्यक्ष ओलीले भने, ‘अहिले सिसिटिभी राख्दा त फुटेज गायव। आजकालको जमानामा कल डिटेल हुन्छ। तर, हेर्न नपाइने। कल डिटेल हेर्न चाँही पाईदैन, लजा। अब ऊ बेला त न कल डिटेल, न फुटेज। न मोबाईल, न क्यामेरा, न फोटो। ऊ बेला चोरी पत्ता लगाउनु पर्‍यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो।

थाहा पाउनु भयो होला–इन्टरनेशनल राखी पनि सुरु भईसक्यो। राखीमा राजनीति पनि भईसक्यो। जेहोस् राखीले दाजुभाई–दिदीबहिनीको सम्बन्ध, दशैंले सम्पूर्ण नातागोताको सम्बन्ध। छठजस्ता चाडहरु, तीजजस्ता चाडहरु, गौराजस्ता पर्वहरु यस्ता पर्वहरुले अनेक ढंगले हामीलाई एक ठाउँमा ल्याउछ फेरी।’

अध्यक्ष ओलीले हाम्रा चाडपर्वहरुले नातागोतामा टुटेको सम्बन्धलाई पनि जोड्ने काम गरिरहेको स्मरण गराए।