माधव नेपाल समूहप्रति प्रधानमन्त्री ओली झनै आक्रोशित - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

माधव नेपाल समूहप्रति प्रधानमन्त्री ओली झनै आक्रोशित



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसमूहप्रति झनै आक्रोशित बनेका छन्। खनाल र नेपाल लगायतका नेताहरुले सांसदको रुपमा खाएको शपथ झुटो भएको उनले बताएका छन् ।

आइतबार बालुवाटरामा आयोजित एक कार्यक्रममा उनले आफ्नो सरकारविरुद्ध उभिने, विश्वासको मत हाल्ने बेलामा संसद्मा सहभागी नभएको र सरकार बनाउन विपक्षीकोमा पुगेको भन्दै खनाल–नेपाल समूहप्रति आक्रोश पोखे ।

“फ्लोर क्रस, पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कैै उमेदवार उठाउने दुनियाँमा कहीँ हिष्ट्रीमा अहिलेसम्म नभएको, आफ्नो सरकारविरुद्ध कहिले सरकार ढाल्नका लागि विश्वासको मत नहाल्ने, मतदान नगरेर बाहिर बस्ने, कहिले अर्को सरकार बनाउन विपक्षीकहाँ पुग्ने । दलीय अनुशासन, दलीय मर्यादा, संसदीय प्रणाली या कुनै पनि अनुशासनको प्रणाली । तीनले खाएको शपथ झुटो हो । शपथ बेइमानी हो । तीनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको छ,” उनले आक्रोश पोखे ।

ओलीले खनाल–नेपाल समूहले देशकै विरुद्ध ठूलो अनिष्टको काम गरिरहेको आरोप लगाए । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै पुगेका नेता नेपालले आफू ओलीको विपक्षमा भन्दा लाज नलागेको भन्ने टिप्पणी समेत गरे ।

ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको भन्दै विरोध गरेका छन्। उनले राष्ट्रपतिलाई अश्लिल रुपमा आलोचना गरेको आरोप लगाए।

‘उनीहरु पर पीडकको हिसाबमा छाडापन र अश्लीलताले समाजलाई अलमल्याउदै छन्। अर्काले पीडा र आँशुमा खुसी हुने प्रवृति देखिन्छ।

परपीडक, अश्लिल तत्वहरु अहिले पनि घृणा फैलाउने काम गरिरेहका छन्। जसको पनि अपमान गर्न सक्यो भने। उच्च मर्यादामा रहेका व्यक्तिलाई अश्लील भाषामा गाली गर्ने प्रवृति समाजका लागि कति हानिकारक छ,’ उनले भने। उनले आफू नेतृत्वको सरकार महिला हिसांका घटना नियन्त्रणका लागि संवेदनशील भएको बताए।