ओलीको आह्वान- बाम एकता र तालमेल गरौँ - Himal Post Himal Post
  • ३० चैत्र २०८०, शुक्रबार
  •      Fri Apr 12 2024
Logo

ओलीको आह्वान- बाम एकता र तालमेल गरौँ



काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले तर, त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन् । उनले एकताको नाममा अल्मलिने भूलचाँही एमालेले नगर्ने प्रष्ट्याएका छन् ।

नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज दोस्रो तथा अन्तिम दिन जारी छ । बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेस क्रमैसँग भइरहेका छन् ।