केपी ओली 'पाकेटमार' हुन्: प्रेम आले - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

केपी ओली ‘पाकेटमार’ हुन्: प्रेम आले



काठमाडौं- पर्यटन तथा नागरिक, उड्डयनमन्त्री प्रेम आलेले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । ओलीप्रति आक्रमक शैलीमा प्रस्तुत भएका उनले ओलीलाई पाकेटमारको संज्ञा दिए ।

नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले ओलीप्रति कटाक्ष गर्दै ‘पकेट मार’को संज्ञा दिएका छन्।

‘माधव कमरेडले जीवनभर पसिना बगाएर बनाएको घरमा एउटा पकेटमार छिर्‍याे’ ओलीप्रति व्यंग्य गर्दै पर्यटनमन्त्री आलेले भने, ‘पकेट मारले ट्याक्क कैँचीले काटेर घर मालिकको लालपुर्जा लिएर टाप कस्यो।’

माधव कुमार नेपालले पार्टी संगठन निर्माणमा जीवन भर पसिना बगाएको र अहिले आएर ओलीले सबै भताभूंग पारेको उनले टिप्पणी छ। एकीकृत समाजवादीका नेतासमेत मन्त्री आलेले केपी ओलीको पत्तासाफ भएको जिकिर पनि गरे।

‘संघीय सरकार गइसक्यो, प्रदेश सरकार गइसक्यो। पत्ता साप भइसक्यो। तर अझै पनि घमण्ड यथावत छ’ उनले भने।