प्लास्टिकका माला बेच्नेलाई एक लाख रुपैयाँ जरिवाना - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

प्लास्टिकका माला बेच्नेलाई एक लाख रुपैयाँ जरिवाना



काठमाडौं : तिहार, छठलगायतका पर्वमा प्लास्टिकजन्य सामग्री बिक्री वितरण गर्न नपाइने भएको छ।

सरकारले पर्वमा प्लास्टिकजन्य फूलगुच्छा र मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा रोक लगाएको हो।

वन तथा वातावरण मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्न अनुरोध गरेको छ।

विभागले अनुगमनका क्रममा सरकारको सो निर्णयविपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन बमोजिम वातावरण निरीक्षकबाट १५ देखि २० हजारसम्म तथा वातावरण संरक्षण ऐन बमोजिम नै विभागका महानिर्देशकबाट एक लाख रुपैयाँसम्म जरिवाना गराउने बताएको छ।

गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।