इमान्दार प्रयासलाई कमजोर पार्न मेरो नाम जोडेर दुष्प्रचार भयो: गोकर्ण विष्ट - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

इमान्दार प्रयासलाई कमजोर पार्न मेरो नाम जोडेर दुष्प्रचार भयो: गोकर्ण विष्ट



काठमाडौं- पूर्वमन्त्री तारता नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टले नेकपा एमालेको एकता जोगाउन भैरहेको इमान्दार प्रयासलाई कमजोर पार्न विभिन्न खाले प्रचारबाजी भैरहेको बताएका छन् । पार्टी एकताका लागि आफूहरू निरन्तर लागिरहेको र लागिरहने उनले बताएका छन् ।

नेता विष्टले केहि’ संचारमाध्यममा आफ्नो नाम समेत जोडेर भ्रमपूर्ण समाचार प्रकाशित भएको भन्दै एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न यस्ता प्रचार गरिएको बताएका छन् ।

उनले यस्ता समाचार प्रकाशन किन भएका छन् र के उद्देश्यले भएका छन् भन्ने समयले बताउने भन्दै पार्टीका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काउन आफूहरू प्रयत्नरत भएको बताएका छन् । उनले भनेका छन्, ‘पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’

उनले लेखेका छन्

‘नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् । एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला ।

पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’