घोडाघोडीको पर्यटन प्रवर्द्धनको लागि ओजुवा तालमा डुङ्गा सञ्चालन ,स्थानीयहरूद्वारा खुसी व्यक्त - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

घोडाघोडीको पर्यटन प्रवर्द्धनको लागि ओजुवा तालमा डुङ्गा सञ्चालन ,स्थानीयहरूद्वारा खुसी व्यक्त



विशाल पाण्डेय / घोडाघोडी ,कैलाली ।

प्रमुख पर्यटकीय गन्तब्यको सुचीमा परेको बिश्व सिमसार क्षेत्रमा सुचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा डुङ्गा सञ्चालन गरिएको छ ।

पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने उद्देश्यका साथ घोडाघोडी ताल नजिकै रहेको ओजहुवा तालमा डुंगा सञ्चालनमा ल्याइएको हो ।

ओजुवा तालमा बुधबार एक कार्यक्रमका बिच घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले डुङ्गा संचालनको उद्घाटन गरेका थिए ।

बृहत घोडाघोडी ताल तथा पर्यटन बिकास बोर्डको प्रवर्द्धन र घोडाघोडी सामुदायिक बन उपभोक्ता समितिको समन्वयमा लेक साइड इको टेल रिर्सोटले ताल क्षेत्रमा डुङगा सञ्चालन गरेको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख ममता प्रसाद चौधरीले घोडाघोडीमा डुङगा सञ्चालनका लागि धेरै पहिले देखि नै योजना बनाएपनि अहिले आएर त्यसले मुर्त रुप लिएको बताए । चौधरीले बिगतमा घोडाघोडीको ताल क्षेत्रको अवलोकन गरि ताल सफा नभएको भन्दै सेल्फी खिचेर मात्र जाने पर्यटकहरुका लागि अब भने डुङ्गा चड्न पाउँदा पर्यटकले तालको प्रचारप्रसार गर्ने बताए । उनले भने, “अगाडिका दिनमा झार कुहिएर गनाएको भन्दै आधा घन्टा पनि ताल क्षेत्रको अवलोकन नगर्ने पर्यटकहरु डुङ्गा संचालनको कारणले कम्तिमा दुई घण्टा अवलोकन गर्छ्न ।”

नगर प्रमुख चौधरीले डुङगा सञ्चालन संगै सो क्षेत्रमा पर्यटकको आकर्षणका लागि फुलबारी बनाउने योजना रहेको जानकारी दिए । चौधरीले पर्यटनको बिकासका लागि निजि क्षेत्रको ठुलो भुमिका रहने बताए । निजि क्षेत्रलाइ भित्राउन नसके सम्म पर्यटनको बिकास हुन नसक्ने बताउदै चौधरीले पर्यटन संगै पर्यावरणिय ,जैबिकताका हिसाबले बिकास गर्नुपर्ने बताए । उनले भने , हामी सिमसार क्षेत्र भित्र छौं , सिमसारको मान्यताको पालना गर्दै घोडाघोडी क्षेत्रको संरक्षण गरेर नै पर्यटन विकास गर्ने छौँ । ‘ साथै नगर प्रमुख चौधरीले पर्यटकहरुलाइ आकर्षण गर्नको लागि विभिन्न सेवा सुविधाको होटल,रेस्टुरेन्ट तथा रिसोर्टहरु संचालन गर्ने बताउदै स्थानिय बासिन्दाहरु लाई पनि लाभान्वित हुने योजना बनाउने बताए । घोडाघोडी ताल क्षेत्र अतिक्रमणको चपेटामा पनि परिरहेको हुँदा सबै मिलि बचाउनुपर्नेमा जोड दिदै चौधरीले सुन्दर र विकसित घोडाघोडी बनाउनको लागि सबै लाग्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मंचका अध्यक्ष दिपेन्द्र शाहिले लामो समय देखिको प्रयासपछि ओजुवा तालमा डुङगा सञ्चालन हुनु खुशिको कुरा रहेको बताए । शाहीले घोडाघोडी ताल क्षेत्रको विकास गर्दा बाताबरण प्रतिकुल लाई हानी नोक्सानी नहुने गरि जैविक एयरपोर्टको रुपमा बिकास गर्नु पर्ने बताए । घोडाघोडी ताल क्षेत्रको विकास गरियो भने स्थानीय स्तरमा रोजगारीको सिर्जना , साधन र स्रोतको व्यवस्थापन तथा स्थानीय जनताको जिबिकोपार्जनमा समेत टेवा पुग्ने अध्यक्ष शाहिले बताए ।

त्यस्तै लेक साइड इको टेल रिर्सोटका सञ्चालक डबल शाहले घोडाघोडीमा पर्यटक भित्राउने मुख्य उदेश्यका साथ डुङगा सञ्चालन गरीएको बताए । घोडाघोडीमा आउने पर्यटकहरुको बसाइ लम्ब्याउन र मनोरञ्जन प्रदान गर्ने उदेश्यले आफुहरुले तालको व्यवस्थापन गरि डुङ्गा संचालनमा ल्याएको बताए ।

पर्यटनका क्षेत्रमा राज्यले भौतिक पुर्बाधारहरुको बिकास गर्ने बताउदै शाहले पर्यटन बिकासका लागि निजि क्षेत्रको आवश्यकता हुने बताए । शाहले डुङ्गा संचालन गर्दा पानीको समस्या रहेको बताउदै पुर्ण रुपमा व्यवस्थापन गर्न केही समय लाग्ने समेत जानकारी दिए ।

ओजुवा तालमा डुङगा सञ्चालनमा आएसङ्गै पर्यटन प्रवर्द्धनमा वृद्धि हुने भन्दै यहाँका स्थानियहरुले खुशि ब्यक्त गरेका छन । अहिले तालमा दुई ओटा खुट्टाले र एक ओटा हातले चलाउने डुङ्गा राखिएको छ । पर्यटकहरुको आवश्यकता अनुसार डुङ्गा बढाइने बताईको छ ।

करीब ६ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालमा अहिले
डुङ्गा सयर हुन बिद्यार्थीलाई ४० र अन्यलाई ५० रुपैया टिकटको व्यवस्था गरीएको छ ।