ओलीले नेपाल समूहलाई कारबाही गरेको पत्र आयोगमा पठाएको दाबी - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

ओलीले नेपाल समूहलाई कारबाही गरेको पत्र आयोगमा पठाएको दाबी



काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब एमाले विभाजनको विकल्प नबहेको बताएका छन् । आफू निकट नेताहरूसंग गरेको छलफलमा उनले यस्तो बताएका छन् । उनले एमालेलाई एक बनाउने प्रयास अन्त्य भएको समेत बताएका छन्।

सिंहदरबारमा आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा नेपालले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कारबाही गरेर निर्वाचन आयोगमा पत्र पठाइसकेको दाबी गरे।

‘ओलीले कारबाही नै गरेको पत्र आयोगमा पठाइसके, तपाईंहरु के को एकता भनिराख्नुभएको छ?,’ नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तपाईंहरु कुरै नबुझी एकता एकता भनिरहनुभएको छ, अब त्यसको अर्थ छैन।’

मंगलबार सिंहदरबारमा नेपाल समूहका नेताहरुको बैठक बसिरहेकै बेला च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमाले स्थायी कमिटी बैठक बसेको थियो। बैठकका निर्णयबारे पत्रकारहरुलाई जानकारी गराउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले एमाले फुटाउन अध्यादेश ल्याएमा प्रतिवाद गर्ने बताए।

उनले राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश तयार भइसकेको र दल विभाजनका लागि २० प्रतिशत थ्रेसहोल्ड राखिएको दाबी गरेका थिए।