फेरी पेट्रोल तथा डिजेलको मूल्य बृद्धि गर्ने तयारी ! - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

फेरी पेट्रोल तथा डिजेलको मूल्य बृद्धि गर्ने तयारी !



काठमाडाैं । अन्तराष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए संगै नेपालमा पनि यसको मूल्य वृद्धि गर्ने तयारी भैरहेको छ । नेपाल आयल निगम र नेपाल सरकार बीच मूल्य वृद्धि गर्ने कि नगर्ने भन्ने छलफल भैरहेको जनाइएको छ ।

पेट्रोल र डिजेलको मूल्य उच्चतम अवस्थामा छ र पनि फेरी बृद्धि हुने सङ्केत देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बृद्धि भइरहेको अवस्थामा नेपालमा पनि मूल्य बृद्धि हुने सम्भावना रहेको जानकारहरुले बताएका छन ।

अन्तर्राष्ट्रिय बजारमा गत जून २०१७ देखि कच्चा तेलको मूल्यमा ५० प्रतिशत भन्दा बढीले बृद्धि भएको छ । हालै भएका कतिपय सर्वेक्षणहरुले कच्चा तेलको मूल्यमा फेरी बृद्धि हुने बताएका छन् । यो अवस्थामा नेपालमा पनि मूल्य वृद्धि गरिने छ ।