आयल निगमले सर्वसाधारणका लागि ६ अर्बको सेयर जारी गर्ने - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

आयल निगमले सर्वसाधारणका लागि ६ अर्बको सेयर जारी गर्ने



काठमाडौं । नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। चुक्ता पूँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो। हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ छ।
चुक्ता पूँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याइने निगमले जनाएको छ। निगमका अनुसार पूँजी वृद्धिका लागि सेयर जारी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयमा छलफल भइसकेको छ।
‘वार्षिक साढे १ खर्ब रूपैयँ कारोबार गर्ने कम्पनीको चुक्ता पूजी करोडमा छ,’ निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले भने,‘यही क्रममा सर्वसाधारणका लागि ६ अर्ब बराबरको सेयर जारी गर्ने क्रममा छौ।’ कान्तिपुर दैनिकमा समाचार छ ।